ताजा अपडेट »

उत्कृष्ट कार्य गर्ने रुपन्देहीका तीन प्रहरी पुरस्कृत

आइतबार, ०६ असार २०७८, १८ : ३८
8 Shares

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उत्कृष्ट कार्य सम्पादन गर्ने ३ प्रहरीलाई पुरस्कृत गरेको छ । वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी जेठ महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पन्थीसहित तीन प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले आज नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

प्रहरीहरुको मनोबल उच्च बनाउन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहत स्वरुप पुरस्कृत गर्दै आएको छ । सोही अनुसार बैशाख महिनामा ३ वटा प्रहरी युनिटका ईन्चार्जहरुलाई “हाई ईन्टेग्रिटी ईन्चार्ज अवार्ड” प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा सीमा प्रहरी कदमहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिव्य थापा मगर र प्रहरी चौकी मर्यादपुर, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ईश्वर रोकाया रहेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।

पुरस्कृत ३ जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम प्रशंसनिय ढंगबाट सम्पादन गरेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । यस्तै प्रहरी कार्यालयले सञ्चालन गरेको फरार अपराधी पक्राउ, अवैध समान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा प्रतिकारको निश्चित आधारमा उच्च ईन्टेग्रिटी स्कोर प्राप्त गरेको कार्यालयको भनाई छ । जिल्ला प्रहरी कार्यालयले निर्धारण गरेको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरि मातहत प्रहरी कर्मचारीलाई समेत गैहब्यवसायीक गतिविधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचारणमा रहि उल्लेखनिय भूमिका निर्वाह गरेका भन्दै उनिहरुद्वारा सम्पादित कार्यको मूल्यांकन गर्दै “हाई ईन्टेग्रिटी ईन्चार्ज अवार्ड” प्रदान गरिएको प्रहरी नायब उपरिक्षक थापाको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।