ताजा अपडेट »

स्याङ्जामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थपियो

आइतबार, ०६ असार २०७८, १७ : ४१
6 Shares

स्याङ्जा । स्याङ्जामा आउँदो असार १५ सम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार १५ गते सम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।जिल्लामा गत वैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो ।

जिल्लामा निशेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । रातो नम्वरका काडीहरुमा जोर बिजोर प्रणली शुरु भएको छ भने बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। सिद्धार्थ राजमार्ग हुँदै अन्य जिल्ला जाने यात्रुवाहक सवारी साधनहरुबाट यस जिल्ला भित्र यात्रु चढाउन र ओराल्न नपाउने गरी आवागमन गर्न बाधा नपर्ने ।

औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि १२ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९४ ज्यान गुमाएका छन् भने ३ हजार ७१ जना संक्रमित मध्ये हाल ४ सय ३६ सक्रिय संक्रमित रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।