ताजा अपडेट »

काठमाडौं उपत्यकामा एक हप्ता लम्बियो निषेधाज्ञा

आइतबार, ०६ असार २०७८, १७ : ४१
2 Shares

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।  थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गर्ने  निर्णय गरेकाे हाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।