ताजा अपडेट »

रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ४ सय भन्दा कम, २२ संक्रमित थपिए

आइतबार, ०६ असार २०७८, १७ : १०
6 Shares

बुटवल । ​रुपन्देहीमा बिगत केही समय देखी कोरोना संक्रमितहरुको संख्या घटिरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि भएको छ भने ४६जना निको भएका छन् ।

२९३ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । तिलोत्तमा नगरपालिकामा १५, बुटवल उपमहानगरपलिकाका ३ जना, सैनामैनामा नगरपालिकाका २ जना, मायादेबी गाउँपालीका र रोहीणी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३८७ रहेको छन् ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जना संक्रमितको मृत्यु थपिएका छन् । जिल्लामा अहिलेसम्म जिल्लामा ४७८ जनाको ज्यान गईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।