ताजा अपडेट »

मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्याहरु सम्बोधन गर्न रुपन्देही उद्योग संघको माग

आइतबार, ०६ असार २०७८, १५ : ४९
6 Shares

बुटवल । नेपाल राष्ट्र बैंकले ल्याउँदै गरेको मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्याहरुलाई सम्वोधन गर्न अनुरोध गर्दै रुपन्देही उद्योग संघले ज्ञापन पत्र बुझाएको छ । नेपालराष्ट्र बैंक भैरहवा शाखा मार्फत गभर्नर महाप्रसाद अधिकारीलाई संघले ज्ञापन पत्र बुझाएको हो ।

संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैंक भैरहवा शाखाका उपनिर्देशक खगराज सापकोटा एवं गुलाव धबलसँग भेट गरी संस्थागत सुझाव सहितको ज्ञापन पत्र बुझाएको हो । संघले लामो समयदेखि कोभिडको प्रभावले उद्योग क्षेत्र धराशाही बन्दै गएकाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्पmत राहत प्रदान गर्न अनुरोध गरेको छ ।

निषेधाज्ञा अवधिको ब्याजमा विशेष छुट दिनुपर्ने, कर्जा समयावधी थप गर्नुपर्ने, साँवा किस्ता र ब्याजलाई पूँजीकरण गरी पुर्नताजकीकरण गरिनुपर्ने, पुनःकर्जा कोषलाई थप बृद्धि गरी लचिलो कार्यविधि अपनाउनु पर्ने लगायतका माग रखिएको छ । यसैगरी त्पादन मूलक उद्योगलाई विशेष प्राथमिकता र ऋण लगानी न्यून ब्याजदरमा गरिनुपर्ने, बैंकहरुले लिने सेवा शुल्कहरुमा थप सहुलियत दिनुपर्ने र उद्योगहरु बचाई राख्न उद्योग मैत्री मौद्रिक नीति अवलम्बन गर्नुपर्ने लगायतका सुझावरुहरुसहित ज्ञापनपत्र बुझाइएको संघले जनायो ।

ज्ञापन पत्र बुझ्दै भैरहवा शाखाका निमित्त प्रमुख एवं उपनिर्देशकसापकोटाले संस्थाले पेश गरेका सुझावहरु समय सापेक्ष र मनन्योग्य रहेको बताए । उनले प्राप्त सुझावहरु तत्काल सम्बन्धित तहमा पेश गरिने आश्वासन दिएका छन् । संघले बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित समस्याहरु उठान गरी समय समयमा नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गन गरेको छ ।

डेलिगेसन टोलीमा संघका बरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, कार्य समिति सदस्य विष्णु प्रसाद पौडेल र संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतको सहभागिता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।