११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

झापा । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनीयरिङ सर्भे सकेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवाको योजना भएको बताए ।

उनले प्रारम्भिक सर्भे कार्य सकिएको हुँदा असोजदेखि सिलिगुढीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जिटुजीमार्फत हुने हुँदा नेपाल सरकार र भारत सरकारबीच समन्वय हुन बाँकी रहेकाले पहल भइरहेको जानकारी दिए ।  उनले पाइपलाइनको माध्यमद्घारा चारआलीको भण्डारणगृहसम्म पेट्रोलियम पदार्थ आउन शुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासीसमेत रोकिने बताए । उनले भने, “विगतमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ चोरी भयो भन्ने गुनासो आउँथ्यो, त्यो रोकिन्छ, पारदर्शिता र सुशासन कायम गर्न बल पु¥याउँछ ।”

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले शुरु भएको दुई वर्षभित्रमा ‘प्रोजेक्ट’ सकिने बताए । परियोजना निर्माणका लागि भारतीय मूल्य रु सात अर्ब दुई करोड लागत लाग्ने उनले बताए । मेचीनगर नगरपालिका–१३ मा रहेको निगमको २३ बिघा जमीनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नं १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उनको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु