ताजा अपडेट »

दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई सहयोग

आइतबार, ०६ असार २०७८, १२ : ४८
4 Shares

गण्डकी । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् । बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र ११ शारीरिक अपाङ्गता भएका परिवारलाई रु २५ हजार बराबर राहत सामग्री वितरण गरेका हुन् ।

एसओएस बालग्राममा कार्यरत २४ आमाले सामूहिक रुपमा सङ्कलित रकमबाट चामल, दाल, तेल, नुन, चिउरा, बेसार, मास्कलगायतका सामग्री खरीद गरी अपाङ्गता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी बाँस्तोलाले जानकारी दिए । निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकै बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उनको भनाइ छ । बालग्रामका १५ घरमा १५३ बालबालिका छन् ।

रासस
लेखकको बारेमा
रासस