६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाडौँ । ज्येष्ठ शुक्ल दशमीका दिन आज बिहानैदेखि गोकर्णेश्वर नगरपालिका–१ स्थित वाग्मतीमा शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड लागेको छ । सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

Advertisement

दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल दशमीका दिन स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दशहराका दिन गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गम, देवघाट, रिडीलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप आजका दिन स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान गर्ने भक्तजन जम्मा भएका छन् । हत्यामोचनघाट गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बु स्नान गर्ने भक्तजन भेला भएपनि विगत वर्षमा जस्तो भक्तजनलाई भीड हुन नदिइएको बताउँछन् । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम उच्च रहेकाले स्नान गर्न आउनेलाई भौतिक दूरी कायम गरी पर्व मनाउने अवसर गरिएको उनले जानकारी दिए ।

पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशअनुसार माताको हत्या गरेपछि हत्यामोचन घाटमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विश्वास गरिन्छ । यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन । पापमोचनस्वरूप परशुरामकी आमाले पुनर्जीवन पाएको पौराणिक कथन छ । दशहराका दिन जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत दश योग पर्ने जनाइएको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म यी योग पर्ने गर्छ । प्रतिपदादेखि नै स्नान शुरु भएपनि आज भने यो पर्वको मुख्य दिन हो ।

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु