ताजा अपडेट »

कुन-कुन नदीमा आउनसक्छ बाढी ? (सूचीसहित)

आइतबार, ०६ असार २०७८, ११ : ३४
10 Shares

बुटवल । महाकाली र यसका स-साना सहायक नदीमा बहाब बढ्ने र बाढी आउन सक्ने उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी नदीका सहायक नदीहरुमा आकस्मिक पानीको बहाव आउनसक्ने छ । 

आज कन्काई, कमला, बागमती, पश्चिम राप्ति, बबई, तिनाउलगायतका नदीहरुमा पानीको बहाब बढ्नसक्ने भएकोले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ  । आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, परासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, कञ्चनपुर, कैलाली, डडेलधुरा, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव बढ्दो हुनेछ । केही आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।