१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले बाढी पहिरोका कारण जलविद्युत् आयोजना स्थलमा पुग्ने पहुँचमार्गमा क्षति भएका स्थानको तत्काल पुनः निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आयोजनास्थल तथा मानवीयवस्तीसम्म निर्माण तथा वितरण गरिएका र हाल बाढीका कारण क्षति पुगेका प्रसारण लाइन तत्काल सञ्चालनमा ल्याउन आग्रह गरे ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका सबस्टेशनको सुरक्षार्थ तत्काल उचित कमद चाल्न र गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायको उच्चस्तरीय संयन्त्र बनाइ समस्याहरू तत्काल सम्बोधन गर्न अध्यक्ष आचार्यले अनुरोध गरे । बीमाको भुक्तानी गर्ने कार्यका लागि सहजीकरण गर्नुपर्ने तथा बबीमा भुक्तानी छिटो र सहज बनाउन बीमा समिति र अर्थ मन्त्रालयले पहलकदमी गर्नुपर्ने इपानको माग छ ।

निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनाको यस वर्षको बाढीले संरचनामा क्षति भइ अथवा प्रसारण लाइनमा क्षति भइ वा प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसकेका आयोजना कम्तीमा एक वर्ष ढिला हुने भएकाले नेपाल राष्ट्र बैंकले पुनरकर्जाको व्यवस्था गर्नुपर्ने इपानको भनाइ छ । यस्तै, विद्युत् गृह, बाँधस्थललगायतको सुरक्षाको लागि नदी नियन्त्रण योजना ल्याउन समेत आग्रह गरिएको आचार्यले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ