ताजा अपडेट »

विश्वकप क्रिकेट–२०१९ : उपाधि इंग्ल्याण्डलाई

सोमबार, ३० असार २०७६, ०१ : ०३
6 Shares

असार ३०,

ग्लोबल आवाज
बुटवल । १२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेट –२०१९को उपाधि इंल्याण्डले जितेको छ । सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै ईङ्ल्याण्ड पहिलो पटक विश्वविजेता बनेको हो । न्यूजिल्याण्डले इङल्याण्ड सामु २४२ रनको चुनौती दिएको थियो । सो चुनौतीलाई पछ्याएको इङल्याण्डले ५० ओभरमा २४१ रन बनायो । फाइनल खेल बराबर भएपछि सुपर ओभरमा पहिला व्याटिङ गरेको इंग्ल्याण्डले न्यूजिल्याण्ड सामू १६रनको चुनौती दिएको थियो । न्यूजिल्याण्डले मात्र १५ रन बनाएसँगै पहिलो पटक विश्वविजेता हुनबाट चुक्यो ।

सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए । स्टोक्सले अविजित ८४ रन बनाए ।न्यूजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले ३/३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो । न्यूजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए । यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए । मार्टिन गुप्टिल र जेम्स निशमले १९/१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।