ताजा अपडेट »

मन्त्रीलाई माइतीको सम्मान

आइतबार, ०६ असार २०७८, १० : ३६
8 Shares

महोत्तरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले दाइजो, बालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताएकी छन् । महोत्तरीको मटिहानी पुग्नुभएकी मन्त्री चौधरीले आफ्नै सम्मानमा मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा यी सामाजिक विकृति नहटेसम्म समृद्धि र सुखको अनुभूति लिन नसकिने बताएकी हुन् । मटिहानी मन्त्री चौधरीको जन्मस्थल (माइती) हो । जनता समाजवादी पार्टीकी नेत्री मन्त्री चौधरीले छोरी शिक्षालाई बढावा दिन नगरप्रमुख हरिप्रसाद मण्डलसहित स्थानीय जनप्रतिनिधिसँग अपिल गरिन् ।

रासस
लेखकको बारेमा
रासस