ताजा अपडेट »

युरो कप : जर्मनीले पोर्चुगललाई हरायो, पोर्चुगलको आत्मघाती दुई गोल

आइतबार, ०६ असार २०७८, ०६ : २८
4 Shares

बुटवल । युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए ।

खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफको ५१ औं मिनेटमा जर्मनीका काइ हाभर्जले र ६० मिनेटमा रोविन गोसेन्सले गोल गरे । ६७ औं मिनेटमा पोर्चुगलका डिएगो जोताले गोल गरे पनि जितको लागि पर्याप्त भएन र खेल ४–२ को नतिजामा सकियो । जर्मनी र पोर्चुगलको समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ । अन्तिम १६ मा प्रवेशको लागि यो समूहका सबै टोलीको सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।