ताजा अपडेट »

युरो कप : फ्रान्स र हङ्गेरी बराबरीमा रोकिए

आइतबार, ०६ असार २०७८, ०६ : २६

बुटवल । ?युरो कप फुटबलको समूह 'एफ'को खेलमा फ्रान्स र हङ्गेरीले बराबरी खेलेका छन् । हिजो भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता दिलाए पनि ६६ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ । पहिलो खेलमा हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।