ताजा अपडेट »

सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या

शनिबार, ०५ असार २०७८, १८ : ५७
4 Shares

सप्तरी। सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान गर्नुभएको छ । अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए । आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।