ताजा अपडेट »

रुपन्देहीमा थपिए २२ संक्रमित, ६० जना निको

शनिबार, ०५ असार २०७८, १६ : २३

बुटवल । ​रुपन्देहीमा बिगत केही समय देखी काेराेना संक्रमितहरुकाे संख्या घटिरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि भएको छ भने ६० जना निको भएका छन् ।

१३६ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हाे । तिलोत्तमा नगरपालिकामा ९, बुटवल उपमहानगरपलिका र देवदह नगरपालिकामा ३/३ जना, सैनामैनामा नगरपालिका, सिद्धार्थनगर नगरपालिकाका र कन्चन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४१२ रहेको छन् ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जना संक्रमितकाे मृत्यु थपिएका छन् । जिल्लामा अहिलेसम्म जिल्लामा ४७७ जनाको ज्यान गईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।