ताजा अपडेट »

धारामा पानी भर्दै गर्दा जमिन भासिएर पुरिँदा महिलाको मृत्यु

शनिबार, ०५ असार २०७८, १५ : ५५
6 Shares

बझाङ । तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । 

धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाई पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताए । 

उनका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर दमाईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।