६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बाँके । बाँकेका स्थानीय तहले बाढी र डुबानबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी थालेका छन् । जिल्लामा राप्ती नदी, मानखोला र डुडुवाखोलामा आउने बाढीले ठूलो धनजनको क्षति गर्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क बनाउँदै पूर्वतयारी गरिएको छ ।

Advertisement

खजुरा गाउँपालिका विपद् व्यवस्थापन समितिले बाढी र डुबानविरुद्ध पूर्वतयारी थालेको छ । गाउँपालिका भएर बग्ने किरण, पेडारी, जेठीनाला र मानखोलाबाट विभिन्न वडामा हुन सक्ने क्षति तथा प्रभावबारे अनुमान गर्दै पूर्वतयारी थालेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्धार, राहत, खाना, बस्न र औषधि उपचारलगायत व्यवस्थापन गर्ने तयारी गरिएको जनाउँदै उनले गाउँपालिकाका राजनीतिक दल, नागरिक अगुवा, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत सम्बद्ध सदस्यबाट प्राप्त सुझावका आधारमा गाउँपालिका व्यवस्थापनमा लागेको बताए । खजुरा भएर बग्ने किरण, पेडारी, जेठीनाला र मानखोलाबाट जुनसुकै बेला पनि क्षति पुग्ने भएकाले खोला छेउको बस्तीका बासिन्दालाई सावधानी अपनाउन गाउँपालिका अध्यक्ष कक्षपतिले अनुरोध गरेका छन् ।

राप्ती नदीमा आउने बाढीले हुन सक्ने क्षति न्यूनीकरणका लागि राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पनि आवश्यक पूर्वतयारी गरेका छन् । बाढीजन्य विपद्को उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकामा राप्ती नदीले हरेक वर्ष डुबान तथा कटानको समस्या र जोखिम निम्त्याउने भएकाले बाढीजन्य प्रकोपबाट जोगिनका लागि जोखिमयुक्त स्थानको पहिचान गरी योजनाअनुसार काम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए । बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी मनसुनबाट करीब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोतसाधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले बाढी तथा प्रकोपको पहिलो सामना गर्ने स्थानीय तह नै भएको जनाउँदै बाढीजन्य प्रकोपबाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्नका लागि विशेष योजना निर्माण गरी कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए ।

गाउँपालिकाकोे विपद् जोखिम प्रतिकार्य योजनाअनुसार स्थानीय तहले पूर्वतयारी गरिरहेको जानकारी गराउँदै उनले जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पनि विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य गर्ने जनाए ।

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु