१३ जेष्ठ २०७९, शुक्रबार

May 27, 2022

काठमाण्डौं । नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ । अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झक्झक्याएको हो ।

‘अतिकम विकसित राष्ट्रमा लगानी बढाउन वित्तीय उपकरणको विविधिकरण’ विषयमा संयुक्त राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ मार्फत आज सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकामा जोड दिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

अल्पविकसित देशलाई उसको उत्पादकत्व बढाउन क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा विकास साझेदारहरुबाट वित्तीय अभाव परिपूर्ति हुनुपर्ने उनको अभिमत थियो । अतिकम विकसित राष्ट्रको समूहबाट नेपालको स्तरोन्नति हुनु विकासको बाटोमा लम्कने महत्वपूर्ण उपलब्धि हुने बताउँदै उनले स्तरोन्नतिको प्रक्रियालाई दिगो र सहज तुल्याउन आन्तरिक एवं बाह्य स्रोेतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने बताए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आज यी क्षेत्रमा वर्षाको सम्भावना महानगर प्रमुखका ७ उम्मेदवार जसले आफैँलाई भोट हालेनन् तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित गृहमन्त्रीको वडामा कांग्रेस पराजित आमा हजुरको सम्झनामा आँसु पिएर बाँच्दैछु ! रुपन्देहीकी एक मात्र महिला वडा अध्यक्ष मिनाको १० प्रतिशत बजेट शिक्षामा छुट्टयाउने प्रतिवद्धता श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ कम उमेरमै सफलतातर्फ लम्किँदै परिश्ना १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पाँच वर्षपछि पक्राउ हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले लगायो रोक ६८ हजार बढी विद्यार्थीले लुम्बिनीबाट एसएलसी दिदैँ तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास