११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

भैरहवा । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवाले रुपन्देहीको रोहिणी गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ विशेष अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । अमेरिकास्थित “संगसंगै” नामक संस्थाको सहयोगमा प्रतिष्ठानले रोहिणी–३ स्थित कोभिड अस्पताललाई शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

Advertisement

कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर १ कन्सनटेटर १ थान, अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५ थान, पीपीई ५० थान, सर्जिकल ग्लोब्स, सर्जिकल क्याप, फेस शिल्ड ५०–५० थान, सर्जिकल मास्क १ हजार थान र सेनिटाइज। ५० लिटर प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुुर केसीले जानकारी दिए ।

अस्पताललाई केही भए पनि सहयोग पुगोस् र कोरोना संक्रमित बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको प्रतिष्ठानको कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । प्रतिष्ठानले उक्त अस्पतालमा भर्ना भएको बिरामी र यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई जेठ १७ गतेदेखि सुुरु गरी तीन महिनासम्म निःशुल्क खानाको व्यवस्थापन गरेको थापाले जानकारी दिइन् । त्यस्तै जेठ १७ देखि लागू हुने गरी गाउँपालिकाका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको अवस्थामा मृतकको दाहसंस्कारका लागि प्रतिष्ठानले १० हजार रुपैयाँ उपलब्ध गराउने उनले बताइन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिकालाई समय समयमा प्रतिमान नीमा स्मृति प्रतिष्ठानले सहयोग गर्दै आएको बताए । उनले पूर्व स्वास्थ्य मन्त्री दिपक बोहरा उपाध्यक्ष रहनु भएको प्रतिष्ठानले गाउँपालिकाप्रति सकारात्मक सोच राख्दै सहयोग कार्यलाई अगाडी बढाएको भन्दै धन्यवाद ज्ञापन गरे । अध्यक्ष यादवले कोभिड १९ अस्पतालमा स्वास्थ्यकर्मीहरुले साहसका साथ काम गरी धेरै विरामीलाई निको बनाएर घर फर्काउन सफल भएको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय कार्य सम्पादन समिति सदस्य ताहिर अलिले यस क्षेत्रमा सहयोग गर्न पूर्व स्वास्थ्यमन्त्री दिपक बोहरा सदैव सकारात्मक रहदै आउनुभएको बताए । उनले अस्पताललाई खानाको व्यवस्था गर्ने र विभिन्न समयमा गाउँपालिकालाई सहयोग गर्ने प्रतिमान नीमा स्मृति प्रतिष्ठान धन्यवादको पात्र भएको बताए । संकटको बेला सहयोग गर्ने संस्थालाई बिर्सन नसकिने उनको भनाइ थियो ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष तथा धकधई प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर क्षेत्रीले रोहिणी गाउँपालिका र प्रतिमान नीमा स्मृति प्रतिष्ठानबीच नङ र मासुको सम्बन्ध स्थापित भएको बताए । उनले केही विपद्को पर्दा पनि प्रतिष्ठानले सहयोग गर्दै आएको बताए । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका महामन्त्री आर मोहम्मद खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई