ताजा अपडेट »

भीम अस्पतालको बन्द गरिएका सबै सेवा सूचारु

शुक्रबार, ०४ असार २०७८, १७ : ३४
18 Shares

भैरहवा । कोभिडको कारण करिब २ महिना देखी बन्द रहेको भीम अस्पतालको आकस्मिक, ओपिडी र प्रसुती सेवा पुनः सुचारु भएको छ । अस्पतालले सूचना जारी गर्दै यी सेवाहरु फेरी सुरु भएको जानकारी गराएको छ ।

भैरहवा स्थित भीम अस्पताल कोभिड बिशेष अस्पतालको रुपमा रहेको र कोभिडको दोश्रो लहरको कारण बिरामी बढ्दै गए पछि अन्य सेवाहरु रोकिएको थियो । बिशेष गरि विपन्न वर्गको उपचारको केन्द्र रहेको भीम अस्पताल बन्द हुदा भैरहवा तथा यस आसपासका ग्रामीण क्षेत्रका बिरामीहरु समस्यामा परेका थिए । सरकारी अस्पताल बन्द हुदा उनिहरु चर्को शुल्क तिरेर निजि अस्पताल एवम क्लिनिकहरुमा उपचार गराउन बाध्य भएका थिए । अहिले अस्पतालले सेवा पुनः सुचारु गर्दा बिरामीहरुले राहत महसुस गरेका छन् ।

कोरोना संक्रमितको चाप न्यून हुँदै गए पछि अस्पतालको अन्य सेवाहरु फेरीबाट सुचारु गरिएको भीम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले जानकारी दिईन । कोभिडका कारण सेवा बन्द हुँदा झाडापखला, रुघाखोकी, ज्वरो, दुर्घटना, सर्पले टोकेका विरामीका साथै प्रसूति सेवा प्रभावित भएको थियो । यसले गर्दा कयौं विरामी अस्पताल आएर पनि उपचारै नपाएर फर्किएका थिए ।

बिक्रम सम्वत १९९० सालमा ३ शैयाबाट स्थापित अस्पताल २०३५ सालमा १५, २०४१ सालमा २५ शैयाको स्वीकृती पाएको छ । १ सय शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरेपनि हाल २५ शैयाको स्वीकृति रहे पनि अस्पतालमा ६० शैयाको बिरामीले सेवा लिई रहेका छन् । भीम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा (खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा