ताजा अपडेट »

२ दिवसीय टी-२० क्रिकेट: नेपालको लगातार दोस्रो जित

आइतबार, २९ असार २०७६, १४ : १०
8 Shares

असार २९,
काठमाण्डौं । मलेसियासँगको २ दिवसीय टी-२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको छ । आइतबार भएको दोस्रो खेलमा नेपाल ६ रनले विजयी भयो । नेपाले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले ७ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।

मलेसियाका लागि सिएद अजिजले ३७ बलमा ५०, अमिनुद्दिन राम्लीले ११ बलमा २४ तथा वीरनदीप सिंहले २३ बलमा २३ रन बनाए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए । आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइनल्सको तयारीमा रहेको नेपाली टोलीले पहिले ब्याटिङ्ग गर्दै १७३ रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले नटआउट ५१ रन बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको सहयोगमा अर्धशतक बनाएका हुन् ।

यस्तै शरदभेषवाकरले २८ बलमा ४० रन बनाए । नेपालका कप्तान पारस खड्काले १९ बलमा २३ रन बनाए । शनिबार भएको पहिलो खेलमा उनले नटआउट ८६ रनको योगदान दिएका थिए । पारसको शानदार प्रदर्शनमा पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो । मलेसियामा अभ्यास गरेर नेपाली टोली त्यतैबाट सिंगापुर जानेछ । आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइनल्स जुलाई २० देखि २९ सम्म सिंगापुरमा हुँदैछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बन्सत रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदीप ऐरी र सन्दीप लामिछाने रहेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, अविनाश बोहोरा, रोहित कुमार पौडेल र पवन सराफ छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।