१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

Advertisement

गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उनीहरु चार जनालाई निष्कासन गरेको थियो । सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रुपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उनीहरु पुनस्थापित भएका हुन् ।

दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो । सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। दलका नेता कँडेलले सर्वोच्च अदालतको आदेशमा संसदीय दलको सदस्यका रुपमा पुनस्र्थापित गरी वैशाख १ गते र आजको बैठकमा पटक–पटक बोलाउँदा पनि अनुपस्थित भई दलीय व्याख्याको आचरणविरुद्ध माओवादी नेतृत्वको सरकारमा सहभागी रहेकाले तत्काल राजीनामा दिई संसदीय दलको सदस्यका रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय भएको बताए।

त्यस्तै बैठकले संसदीय दलका नेता कँडेललाई प्रदेशसभा सदस्यलाई गरिएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले गत जेठ ३१ गते पठाएको पत्रअनुसार लिखित जवाफ दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ