६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022


नेपाली कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने भएको छ।गाउँ/नगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधन गरिएको कार्यतालिका महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार केन्द्रीय समिति बैठकमा पेश गरेका छन्।

Advertisement

यो प्रस्तावमाथि आज पनि केन्द्रीय समितिमा छलफल हुँदैछ। सम्भवत यही मितिमा अधिवेशन हुने गरी केन्द्रीय समितिबाट कार्यतालिका अनुमोदन हुनेछ।यसअघि कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेको थियो। क्रियाशील सदस्यता टुंग्याउनै समय लागेकोले एक महिना पर अधिवेशन धकलिने भएको छ।

कांग्रेसले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार अब सोही मितिमा १४ औं महाधिवेशन हुनेछ।

यस्तो छ केन्द्रीय समितिमा पेश भएको कार्यतालिका:

गाउँ/नगर वडा अधिवेशन -२०७८ साउन १२ गते

गाउँ /नगरपालिका अधिवेशन-२०७८ साउन १६गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन-२०७८ साउन २० गते

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन- २०७८ साउन २३ गते

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन-२०७८ साउन २६ गते

प्रदेश अधिवेशन-२०७८ भदौ १ र २ गते

केन्द्रीय महाधिवेशन- २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा।

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु