ताजा अपडेट »

लुम्बिनी प्रदेश : मिडिया विधेयक फिर्ता लिन पत्रकार महासंघको माग

शुक्रबार, ०४ असार २०७८, १५ : २८
12 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको सञ्चार विधेयकलाई फिर्ता गरि संसोधन गरेर मात्रै पेस गर्न नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले माग गरेको छ । प्रदेशसभामा पेश भएको विधेयकमा मिडियालाई प्रोत्साहन भन्दापनि कारवाहीको दायरा मात्रै बढाएको लगायतका कुराहरू मात्रै समावेश भएको भन्दै महासंघ प्रदेश समितिले प्रदेशका आन्तरिक मामिला एवं कानुन मन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागि भएका पत्रकारहरूले प्रदेश सरकारको यो विधेयकले प्रदेशबाट भन्दा केन्द्रबाट मिडिया दर्ता गर्नु फाइदाजनक हुने भन्दै प्रदेश सरकार मिडिया संग नजिकिन नखोजेको आरोप लगाएका थिए । ज्ञापन पत्र बुझाउँदै प्रदेश पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरि, महासचिव बिक्रम खड्का, रासस र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष बालकृष्ण चापागाईं, पत्रकार महासंघका जिल्ला प्रतिनिधि, बिभिन्न पत्रकार संगठनका  पत्रकारहरू लगायतले बोल्दै यो विधेयक संसदबाट फिर्ता ल्याएर पुनर्लेखन गर्नुपर्ने माग राखेका थिए । 

ज्ञापन पत्र बुझ्दै मन्त्री आचार्यले आफू भ्रखर मात्रै मन्त्री भएको बताउँदै प्रदेशसभामा विधेयक पेस गर्ने मन्त्रिपरिषद्को निर्णय भएपनि ड्राफ्ट पहिलेकै भएको बताए । उनले अझैपनि आफूले यसमा रहेका कुराहरूको बारेमा बिस्तृत जानकारी नभएको बताउँदै यसलाई कानुन समितिमा लगेर पुनर्लेखन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफू पनि अधिवक्ता भएकोले कुनैपनि बाध्यकारी र बाझिने प्रकृतिका कानुनहरू नबनाउने बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।