ताजा अपडेट »

मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

शुक्रबार, ०४ असार २०७८, १२ : ४५
4 Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि आफ्नो नेतृत्वको सरकारलाई मत दिन आग्रह गरेका हुन् ।

उनले प्रदेशसभालाई जोगाउन विश्वासको मत दिनुको विकल्प नभएको बताए ।  संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, उनले एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।  उनले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर स्थायित्वमा जाने एकमात्र विकल्प रहेको भन्दै उनले बीचमा सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिक रुपमा पनि नरहेको प्रस्ट पारे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।