११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

फाइल तस्विर

बाजुरा । लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । त्यहाँ बसोबास गरिरहेका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने माग उठेको छ ।

Advertisement


बाढी पहिरोका उच्च जोखिमा रहेका मध्य खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । गाँउपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् । त्यस्तै त्रिवेणी नगरपालिकामा १३ गाँउका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको ति परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिकाको वडा नं १ मा रहेको विशाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोट २ सय ७२ घरधुरी , वडा नं ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी वडा ५ को किम्नी २ सय १७ घरधुरी लगायत परिवार जोखिममा रहेका छन् । भने बुढीगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार उच्च जोखिममा रहेको जिल्ला प्रशासनसंग तथ्याङ्क रहेको छ ।

त्यस्तै पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकाका १० गाँउ जोखिममा छन् । नगरपालिकाको पिपलडाली, साउने गाँउ, दैयाँ, मटेला, पारतोला, जङ्साल, रावतवाडा, कोल्टी बजार, घोडाकोट, भुलेना, सिराडी, नौलाकोटको गाँउ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोही क्षेत्रमा पर्ने जगन्नाथ गाँउपालिका मुसेखोला, तल्लो हुनी र बस्केना गरि ३ गाँउ उच्च जोखिममा रहेका छन् । त्यस्तै स्वामीकार्तिक खापर गाँउपालिकामा ९ गाँउ जोखिममा रहेका छन् । बर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी, जुकु, वाइ, मिगु गाँउ जोखिममा रहेको गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले जानकारी दिए । त्यस्तै हिमाली गाँउपालिका ५ वटा गाँउ जोखिममा रहेका छन् ।

यता बडिमालिका नगरपालिकाका १५ गाँउ उच्च जोखिममा रहेका छन् । वडा नं ४ को तिपाडा, वलेना, जडाङ्गा, वडा नं ८ को रापक, बाउली गडखेत, २ को घागर, भौनेरा र मैमातोला ७ को चुथी जोखिममा रहेका छन्, । त्यस्तै जिल्ली, सिराडी, बथानलेख, वडा नं १ को सल्लेना, पाटा रहेका छन् । त्यस्तै जोखिममा गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले विपद् प्रतिकार्य तयारी व्यवस्थापनका लागि स्थानीय सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु