६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाडौँ । मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एकरएक जनाको मृत्यु भएको हो ।

यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्क विहिन छन् । भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन् । यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एकरएक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए । आज मनाङमा समेत राहत लिएर सेनाको हेलिकप्टर पुगेको जनाइएको छ । अहिलेसम्म बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु