१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

काठमाडौँ । सञ्चार क्षेत्रका विज्ञले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका हुन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ती मिडियाबाट आउने अडियो/भिडियो सामग्रीमा पत्रकारिता भए/नभएकोबारे बहस गर्नुपर्ने आवश्यकता औँल्याए । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिलले छलफल शुरु गरेको जानकारी दिए ।

पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै सोसियल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नुपर्ने बताए । अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले सोसियल मिडियालाई जिम्मेवारीबोध गराउनुपर्ने बताए ।अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो/भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ