११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

काठमाडौं । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए।  

दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले खोप दिने जानकारी नदिएको बताएका छन्। ‘अहिलेसम्म कुनै देशबाट खोप आइहाल्ने हामीलाई जानकारी छैन,’ कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समितिका संयोजक डा श्यामराज उपे्रतीले नागरिकसित भने।  

दुई साताअघि पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट थप ५० लाख भेरोसेलको खोप र अमेरिकाबाट थप ५० लाख खोप अष्ट्राजेनिका या भेरोसेलको खोप दिने बताएका थिए। उनले जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चको बैठकमा दशदिन भित्र सम्बन्धित देशहरूले खोप दिने बारेमा केही न केही जानकारी दिने बताएका थिए। मन्त्री ज्ञवालीले भनेका थिए, ‘हप्ता, दस दिनभित्रमा बे्रक थु्र हुन्छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई, भीम रावलकाे फरक मत झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व