ताजा अपडेट »

तिलोत्तमा मेयरकपको उपाधि डिएमसीलाई

आइतबार, २९ असार २०७६, १० : १४
8 Shares

असार २९,
ग्लोबल आवाज
तिलोत्तमा । तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता–२०७६ को उपाधि दुर्गा मन्दिर क्लब (डिएमसी) तुल्सीपुरले चुमेको छ । शनिबार भएको फाइनल खेलमा सौभाग्य युवा क्लब बुटवललाई सडेन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै तुल्सीपुरले उपाधि चुमेको हो । उपाधिसँगै डिएमसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

यसैगरि उपविजेता सौभाग्य नगद ५५ हजार ५ सय ५५रुपैया मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । यसैगरि प्रतियोगिता उत्कृष्ट डिफेन्डर सौभाग्यका गौतम श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर सौभाग्यका सुरज घलान, उत्कृष्ट स्टाईकर डिएमसीका आमिर श्रेष्ठ, उत्कृष्ट गोलकिपर डिएमसीका बाबु मगर, सर्वोत्कृष्ट खेलाडी डिएमसीका जिवन सुवेदी घोषित हुदै नगद तथा कपबाट पुरस्कृत भएका छन् ।
तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा तिलोत्तमा –१ स्थित चप्परहटी खेलमैदानमा भएको प्रष्प्रिधात्मक तथा रोमाञ्चक खेलमा पहिलो हाफ बराबरी भएको थियो ।

खेलको ४२ आंै मिनेटमा डिएमसीका यान्किन योवानाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६७ औ मिनेटमा सौभाग्यका क्याप्टेन सुरज घलानले बराबरी गोल गरेका थिए । निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि बराबरी भएपनि सडेन डेथमा डिएमसीका प्रितम थापाको प्रहार गोल भयो भने सौभाग्यका सागर थापाको प्रहार बाहिरियो ।


खेलमा डिएमसीका गोलरक्षक बाबु मगर म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
एक समारोहका बिच तिलोत्तमा नगरपालिका नगरप्रमुख बासुदेव घिमिरे, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, एकेडेमीका अध्यक्ष तिलक नेपाली, महासचिव युबराज पराजुली, कार्यक्रमका संयोजक घनश्याम श्रेष्ठले विजेता टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । असार १३गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही,दाङ्ग ,पाल्पा जिल्लाका १६ समूूह सहभागी थिए ।

पत्रकार श्रेष्ठलाई सम्मान

प्रतियोगिता अवधिभर सञ्चारको क्षेत्रबाट योगदान पुर्याएको भन्दै कान्तिपुर टेलिभिजन, कान्तिपुर साप्ताहिक र बुटवलटुडेका सम्वाददाता स्वस्तिक श्रेष्ठलाई नगद ५ हजारसहित कदरपत्रबाट सम्मान गरिएको थियो । पत्रकार श्रेष्ठले विशेषगरी खेलकूूद तथा पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।