ताजा अपडेट »

गण्डकीका मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिँदै

शुक्रबार, ०४ असार २०७८, ०९ : १०
2 Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रवेशसभामा विश्वासको मत लिन लागेका छन् । त्यसका लागि २ दिनअघि नै प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको छ ।पोखरेलले विश्वासको मत लिनका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बस्दैछ । बजेट पास हुनुअघि नै प्रदेशसभामा विश्वासको मत लिएर अघि बढ्ने उनको तयारी छ ।

पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेकाले बहुमत पुग्ने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।