६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बाग्लुङ । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement

बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । जिल्लाको ताराखोला गाउँपालिकामा घर माथीबाट पहिरो खस्दा वडा नम्बर–५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विकको, मिठे विकको, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन् ।

यस्तै, वर्षात्का कारण बागलुङ नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदीप शेरचनको दुई तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ । माया जिसीको इटाले बनेको एक तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले जानकारी दिए।

बागलुङ नगरपालिका १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घर वरीपरी पहिरो खसेपछि घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका–१ भ्युडाडा बस्ने विशाल बिकको घर जोखिममा रहेकाले विस्थापित भएका छन् । गलकोट नगरपालिका–४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घर पछाडीबाट पहिरो खस्दा ढुङ्गा माटोले बनेको ढुङ्गाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित भएको र सोही स्थानको डाँडाखेतमा देवबहादुर खत्रीको घर अघीबाट पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु