ताजा अपडेट »

बञ्चरो प्रहार गरी एक पुरुषले गरे श्रमतीको हत्या

विहीबार, ०३ असार २०७८, १९ : ३७
6 Shares

दाङ । दाङमा एक पुरुषले बञ्चरो प्रहरी गरी श्रमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले आफ्नै श्रीमती ४६ वर्षिया स्याना चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

बुधबार साँझ घरायसी बिबादका हुँदा मुकुन्दलालले श्रीमती स्याना चौधरीलाई टाउकोमा बञ्चरो प्रहार गरी सक्त घाइते बनाएका थिए । घाईते स्यानाको मेडिकल कज कोहलपुरमा उपचारका क्रममा बिहीवार दिउँसो मृत्यु भएको उनले बताए । बञ्चारो प्रहार गर्ने मुकुन्दलाललाई प्रहरीले नियन्त्रण लिइ थप अुनसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।