ताजा अपडेट »

बुटवल-पाल्पा सडक तीन दिनपछि खुल्यो

विहीबार, ०३ असार २०७८, १७ : २१
18 Shares

बुटवल । पहिरो खसेर बन्द भएको पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । गएको मङ्गलवारदेखि बन्द भएको सडक अहिले केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । 

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको दर्जनौँ ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको थियो । पहिरोले बाटो नै बगाएपछि सञ्चालनमा ल्याउन समस्या भएको थियो । बाढी–पहिराेका कारण अहिले देशका विभिन्न राजमार्गमा अवराेध आएकाे छ । केही राजमार्ग पूर्णरूपमा बन्द छन् भने केही एकतर्फी खुलेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।