ताजा अपडेट »

राप्ती राजमार्ग सडकखण्ड अवरुद्ध, पहिरोले ४ वटा गाडीमा क्षति

विहीबार, ०३ असार २०७८, १६ : १५
8 Shares

दाङ । अबिरल वर्षासँगै आएको पहिरोले सल्यानमा ४ वटा गाडीमा क्षति भएको छ । राप्ती राजमार्ग अन्तरगत दाङ-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ बसारे नजिकै आएको पहिराले ४ वटा गाडीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि रोकी राखेका रा १ ज १६२ नम्बर को एम्बुलेन्स, ना १ ख ८७८६ नम्बर को टिप्पर, एउटा ट्रक र एउटा मिनिट्रकमा माथीबाट खसेको पहिरोले क्षति पुर्याएको हो । सडक अवरुद्ध हुँदा बाटोमा रोकी राखेको अवस्थामा सडक माथिबाट ठूलो पहिरो आउँदा टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायब निरीक्षक याम बहादुर बस्नेतको कमाण्डमा ५ जनाको प्रहरी टोली खटीएर जेसीबिद्वारा गाडी निकालिएको छ । पहिरोका कारण दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको छ ।

केहिसमय पहिरो पन्छ्याए पनि फेरि पहिरो झर्नेक्रम जारी रहेकोले राजमार्ग अवरुद्ध छ । निरन्तर पानी परिरहँदा सडक खुलाउन समस्या भएको प्रहरीको भनाइ छ । मेसिन लगाएर सडक खुलाउने प्रयास भइरहे पनि पहिरो झरी रहेकाले समस्या भएको हो । पानी परेसँगै जिल्लाको प्रमुख नदि शारदामा पनि पानीको बहाव उच्च रहेको छ । अहिले शारदा नदी आफ्नो क्षेत्र छोडेर नदि छेउका खेतहरुमा समेत पसेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।