६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बुटवल । कोभिड–१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ ।

Advertisement

स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ नयाँ भेरिएन्ट आउन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्वतयारीलाई प्राथमिकता दिएको हो ।

महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै पक्षसंग समन्वय एवम् सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालकै रुपमा रुपान्तरण गर्नेगरि पहल भइरहेको र तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको प्रमुख सुवेदीको भनाइ छ ।

बालबालिका र प्रसुतीका वेड थप गर्ने, उपकरण बढाउने र जनशक्तिको समेत आवश्यक प्रवन्ध मिलाउने विषयलाई पूर्वतयारीको प्राथिमकतामा राखिएको उनले बताए । हाल अस्पतालमा कोभिड विशेषका मात्रै पाँच वटा आइसीयूसहितका बेड सञ्चालनमा छन् ।

सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधासम्पन्न उपचार केन्द्र बनाउन लागिएको अस्पतालका मेसु डा.राजेन्द्रप्रसाद बस्यालले बताए । अहिले भइरहेको सेवालाई जनशक्ति र आवश्यक उपकरणसहित थप विस्तार र व्यवस्थित बनाउन सुरु गरिएको बताए ।

उनले उपमहानगरबाट ५० लाख बारबरको स्रोत सुनिश्चित गर्नेगरि ३० लाख प्राप्त भइसकेको र अस्पालमा निर्माणका काम पनि अगाडि बढिरहेको जानकारी दिए। अस्तालमा विशेष कक्ष निर्माण गरेर आवश्यक बेड र उपकरण थप गर्न लागिएको छ ।

विसं. २०५५ साल कात्तिकमा स्थापना भएको उक्त अस्पतालमा हाल एक सय ५० बेड रहेका छन् । विभिन्न विषयका एक सय ८१ जना जनक्तिले अस्पतालमा सेवा दिइरहेका छन् । यसलाई विस्तार गर्दै बाल र प्रसुतीको विशिष्टिकृत सिटी अस्पतालका रुपमा विकास गर्ने भन्दै उपमहानगरले नीति तथा कार्यक्रमसमेत बनाएको छ ।

केन्द्र र प्रदेश सरकारको सहयोग तथा नीजि क्षेत्रको सहकार्यमा उक्त अस्पताललाई बाल तथा प्रसुतीको विशिष्ट अस्पताल बनाउन लागिएको हो । महामारीका गएका लहरबाट पाठ सिक्दै आउने लहरको सामनाका लागि उपकरणको प्रवन्ध मिलाउन, जनशक्तिको व्यवस्थापन गर्न र समन्वयका कामलाई यथाशीघ्र सञ्चालन गर्न बालरोग विशेषज्ञहरुले उपमहानगरलाई सुझाव दिएका थिए ।

उपमहानगरले हालै यसक्षेत्रका बालरोग विशेषज्ञहरु, सरुवा रोगका विषयका जानकार, स्वास्थ्य संस्था सञ्चालन तथा विभिन्न विषयका विज्ञहरुसंग विशेष छलफल गरेको थियो । कोभिड–१९ को महामारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै विज्ञहरुसंग परामर्श गरिएको र सोही आरधारमा आम्दा अस्पताललाई प्राथमिकतामा राखिएको हो ।

विज्ञहरुले जनशक्ति थप गर्न, उपकरणको प्रवन्ध मिलाउन र आपतकालिन अवस्थामा समन्वय गर्ने विशेष संयन्त्र निर्माण गर्न सुझाव दिइएको बालरोग विशेषज्ञ डाक्टर राजु काफ्लेले जानकारी दिए । उनले बाल र मातृ सुरक्षाका विषयमा बुटवलले देखाएको तदारुकता उदाहरणीय रहेको बताए ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताललाई नै केन्द्रमा राखेर बालबालिकाको उपचार हुने सबै अस्पतालमा समन्वय गरिने भएको छ ।

यसका लागि आवश्यक संयन्त्र बनाउने र त्यसका लागि आवश्यक उपकरण तथा जनशक्ति तीनै तहका सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा व्यवस्थापन गर्ने सर्बपक्षीय छलफलको निर्णय भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

उपमहानरगमा हालै अस्पताललाई चेक प्रदान गरिएको थियो । त्यसअवसरमा उपमहानगरका प्रमुख सुवेदीले अस्पतालका मेसु डा.बस्याललाई उक्त रकम बराबरको चेक प्रदान गर्दै थप स्रोत जुटाउन पहल भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु