६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

Advertisement

धनगढी । कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सिमानामा पर्ने राष्ट्रिय वनको बीचमा त्रिपालले बेरेर बनाइएको छाप्रोमा बसाइ छ । पालमा बसेर चार वर्षीय छोरीलाई जाउलो खुवाइरहेकी रुपा बुढामा भोलि छोरीलाई के खुवाउने र आफूले के खाने भन्ने चिन्ता रहेको सहजै बुझ्न सकिन्थ्यो । उक्त क्षेत्रका करीब तिन सय घरपरिवार त्रिपालमुनि बसिरहेका छन् । चुरे गाउँपालिकाका विभिन्न वडाहबाट पहिरो पीडित भएर वासस्थानको खोजि गर्दै जङ्गललाई आफ्नो बासस्थान बनाएका उनीहरूको अवस्था अहिले दयनीय छ । त्रिपालमुनिको बसाईँ आफैमा खतरापूर्ण छ, त्यसैमा सानासाना बालबालिकालाई जङ्गलमा रहेका किरा फट्याङ्ग्राबाट बचाउन उस्तै गाह्रो छ । खानेपानीको समस्या भएकाले नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता छ ।

पहिरोले आफ्नो घर खेत बगाएपछि घरबारविहीन भएकाहरू राज्यले आफूहरूलाई नागरिकसरह व्यवहार नगरेको भन्दै स्थानीयबासी गुनासो गरिरहेका छन् । आफ्ना नागरिकको घर खेत बगाएर उनीहरूको अवस्था दयनीय हुँदासम्म सबैभन्दा नजिकको स्थानीय सरकारले खासै ध्यान नदिएको चुरे गाउँपालिका–६ का रामकुमार बोहराको गुनासो छ । आफूहरू बाध्यताले जङ्गलको बीचमा त्रिपालमुनि बस्नु परेपनि सरोकारवाला निकायले आफूहरूका बारेमा ध्यान नदिएको उनको गभनाइ छ । गाउँपालिका–६ का ६५ वर्षीय खडक बोहराले आफ्नो १५ रोपनी जग्गा र घर पहिरोले बगाएपछि सुकुम्बासी भई बासस्थानको खोजीमा गाउँका अरूसँगै जङ्गलमा आएको तर यहाँ बसेर बाँचिएला जस्तो नलागेको बताए ।
आफ्नी श्रीमतीसँगै जङ्गलको बास बसिरहनुभएका बोहरा आफूसँग रहेको अन्न सक्किएको तथा कसैले खानका लागि सहयोग नगरे भोकै जङ्गलमै मर्नुपर्ने बाध्यता रहेको भन्दै भावुक बने ।

त्रिपालबाट बनाएको आफ्नो घरमा पानी चुहिरहेको अवस्थामा भान्सामा जङ्गलबाट टिपेर ल्याएको निगुरो र खोले जस्तै पातलो चामलको परिकार बनाहेकी पहिरोले घरबार बगाएर जङ्गलमै पुग्नुभएका चुरे गाउँपालिका–५ का ललिता रोका मगरले चामल थोरै भएका कारण पातलो माड जस्तो परिकार बनाएको बताईन् । अलि धेरै दिन पुग्ने भएकोले बालबच्चाले अलि दिन खालान् भनेर यसरी बनाएको उनले बताईन्। पहिरोले भएको सबै लगेपछि गाउँका मानिस जता जान्छन् त्यतै यी छोराछोरी बोकेर हिँडेको छु । जबसम्म श्वास रहन्छ तबसम्म आश रहन्छ भन्ने हुँदोरहेछ, त्यसैले यो विशाल जङ्गलमा त्रिपालमुनि बालबच्चासँगै गुजारा गर्न लागेको जनाउनुहुन्छ–रोका मगर । प्रभावितहरु आफूलाई बासस्थानका लागि वैकल्पिक व्यवस्था हुनुपर्नेमाम जोड दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु