ताजा अपडेट »

जमुनाको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’

विहीबार, ०३ असार २०७८, १२ : २५
6 Shares

काठमाडौँ । जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको छ । सनम क्रियसन युट्युव च्यालनबाट बजारमा आएको गीतमा सनम र एचबिएन किस्मतको स्वर रहेको छ ।

राजु सुनामको शब्द संकलन रहेको गीतमा किस्मतको सङगीत रहेको छ । भिडियोमा मौसम हिमाली र विना विश्वकर्माले अभिनय गरेका छन् । भिडियाको निर्देशन हिमाली आफैले गर्नु भएको छ । गीतले सामाजिक सञ्जाल चर्चा पाउन थालेको छ । गायिका सनमले दुई दर्जन गीत बजारमा ल्याइसक्नुभएको छ । उनका यसअघि ‘हिजो राति केके भो केके’ युट्युवमा १९ लाख पटक हेरिएको छ ।

रासस
लेखकको बारेमा
रासस