ताजा अपडेट »

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

विहीबार, ०३ असार २०७८, १२ : ०४
6 Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। आज उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। 

अध्यक्ष यादव पक्षका नेताका अनुसार बैठकबाट वर्तमान राजनीतिक परिस्थिति बारे छलछल, जसपाभित्रकै राजनीतिक टकरावका सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णय लिइने बताइएको छ। जसपामाभित्र पनि आन्तरिक द्वन्द्व छ। जसका कारण पार्टीनै फुटको संघारमा पुगिसकेको छ। व्यवहारिक रुपमा जसपा पुटिसकेको भएपनि कानूनीरुपमा मात्र पार्टी एक रहको छ।

तर, यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरदसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलाई बैठकमा नबोलाएको बुझिएको छ। उनीहरु पार्टीबाट निष्कासित भइसकेकाले बैठकमा नबोलाएको स्रोतले बतायो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।