६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बुटवल । नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ। एसियाली फुटबल महासंघ (एएफसी) कोे नियमअनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो। एएफसीको नयाँ नियमसँगै नेपालले अब प्लेअफ खेल्नु नपर्ने भएको छ।

Advertisement

यसअघि चौथो स्थानमा रहेको टोलीले प्लेअफ खेल्नुपर्ने प्रावधान रहे पनि एएफसीको नयाँ नियमअनुसार नेपालले सीधै तेस्रो चरणमा स्थान बनाएको हो। तेस्रो चरणको छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

एसियाली क्षेत्रको छनोट खेलेका आठ समूहका शीर्ष आठ र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसँगै आयोजक चीन सीधै एसिया कपका लागि छनोट भएका छन्। त्यसबाहेक छनोट खेलमा दोस्रो हुने तीन, तेस्रो र चौथो हुने आठ/आठ तथा पाँचौं हुनेमध्ये उत्कृष्ट तीन टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन्। यसअघि चौथो हुने आठमध्ये उत्कृष्ट चार टोलीले मात्रै तेस्रो चरणको छनोट खेल्ने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो।

छनोट चरणमा समूहमा पाँचौं स्थानमा रहेका टोलीले भने प्लेअफ खेल्ने भएका छन्। चाइनिज ताइपेई, इन्डोनेसिया, कम्बोडिया र गुवामले प्लेअफ खेल्नेछन्। प्लेअफबाट दुई टोलीले तेस्रो चरणमा स्थान बनाउने छन्।अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल आफ्नो समूहमा चौथो स्थानमा रहेको थियो। नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ।

एसियाली छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगको खेलमा पराजित गरेको थियो। नेपालले कुवेतसँगको पहिलो खेलमा ७–० र दोस्रो खेलमा १–० गोलले हार बेहोरेको थियो। यस्तै जोर्डनसँगको दुवै खेलमा समान ३–० गोलले हार बेहोरेको थियो। अस्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ५–० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा ३–० नतिजा अस्ट्रेलियालाई सुम्पिएको थियो। 

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु