ताजा अपडेट »

बुटवल-पाल्पा सडकखण्ड र पूर्वपश्चिम राजमार्ग तीन दिनदेखि बन्द, सञ्चालन गर्न प्रयास जारी

विहीबार, ०३ असार २०७८, ११ : ४७
4 Shares

बुटवल । लगातारकाे वर्षाका कारणले पुर्वपश्चिम र सिद्धार्थ राजमार्ग तीन दिनयता बन्द छ । पुर्वपश्चिम राजमार्गको बुटवल–देबदह सडक खण्डमा सडक डिभाईडर भासिँदा बन्द भएकाे सडक तीन दिनदेखी बन्द रहेको हो । राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो ।

यस्तै पाल्पास्थित सिद्धार्थ राजमार्ग पनि तीन दिनदेखि बन्द छ। सवारीसाधन चल्न पाएका छैनन्। लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ गौडेभीरमा तलबाट सडक नै पहिराले बगाएको छ।

यता, सिद्धार्थ राजमार्गकै रम्भा गाउँपालिका–३ स्थित सेरा र सीता पहाडमा समेत पहिराले सिद्धार्थ राजमार्ग बन्द भएको थियो। अहिले एकतर्फी सञ्चालनमा आएको छ। यस्तै तानसेन–गुल्मी सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिराले सडक अवरुद्ध भएको थियो। याे सडकखण्डमा एकतर्फि यातायात चलेपनि अन्य स्थानमा भने सडक सञ्चालनकाे तयारी भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।