ताजा अपडेट »

यति एयरलाइन्सको विमान चिप्लियो, दुई जना घाइते

शुक्रबार, २७ असार २०७६, १२ : १२
4 Shares

असार २७,
काठमाण्डौं । यति एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएको छ। शुक्रवार बिहान नेपालगन्जबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन-ए एम एम कल साइन रहेको विमान रनवेमा अवतरण गर्ने क्रममा चिप्लिएको हो। 

चालक दल सहित ६६ यात्रु बोकेको जहाज रनवेबाट चिप्लिएर १५ मिटर पर घाँसे मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। विमान चिप्लिएसँगै विमानमा सवार दुई जना यात्रु घाइते भएका छन्। 'जहाज अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। प्राधिकरण र कम्पनीका प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छन्। दुई जना घाइते यात्रुलाई अस्पताल पठाइसकिएको छ,' उनले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।