ताजा अपडेट »

तिनाउमा पानीको सतह बढ्यो,राता-रात बुटवलका बस्ती सारिँदै

मंगलबार, ०१ असार २०७८, २२ : ५०
6 Shares

बुटवल । निरन्तरको वर्षासँगै तिनाउ, दानव नदीको बहाव बढेपछि बुटवल-११ पवित्रनगरका बस्तीलाई सारिएको छ । नदीमा पानीको सतह बढ्दै जाँदा तिनाउ दानव नदीले कटान गर्न सुरु गरेपछि सम्भावित दुर्घटना रोक्न बस्तीलाईलाई अन्यत्र सारिएको हो ।

नेपाल स्काउट, नेपाल प्रहरी, बुटवल उपमहानगरपालिका तथा स्थानीयको सहयोगमा पवित्रनगरका नदी किनारमा रहेका बस्तीहरुलाई सुरक्षित ठाउँमा अस्थाई बसोबासका लागि व्यवस्था मिलाइएको हो । नदीमा बहाब बढेपछि तिनाउका तल्लो तटीय क्षेत्र तथा दानव नदी किनारका बस्तीहरु डुबानको खतरामा परेका छन्।

तिनाउको बहाव उच्च भएपछि मँगलबार अपरान्ह बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदीले नदीको अवलोकन गर्दै नदी आसपास बसोबास गरिरहेका स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् । विगत वर्षभन्दा यो वर्ष उच्च वर्षा हुने र जोखिम पनि बढी रहने मौसमविदहरुले बताइरहेका बेला तिनाउ नदिनमा मनसुन सुरु भएलगत्तै पानीको बहाव एक्कासी वृद्धि भएको छ ।

मनसुनको सुरुवातीमा तिनाउ नदीको यो अवस्थाले यो वर्षको वर्षायाम थप जोखिमपूर्ण रहने देखिएको छ । वर्षा हुने क्रम जारी रहेकाले नदीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पनि तिनाउ नदीको बहाव अझै तीन दिन बढ्न सक्ने सूचना गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

https://www.globalaawaj.com/archives/113947
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।