ताजा अपडेट »

वृद्धभत्ता पाँच हजार पुग्छः उपप्रम पोखरेल

विहीबार, १० माघ २०७५, ०३ : ४८
4 Shares

 माघ १०, । नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् ।

पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनले बताए । हिजो बुधबार नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका पोखरेलले उक्त धारणा राखेका हुन् ।

उनले कानूनी तथा संरचनागतरुपमा सरकार अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको बताउँदै कानून अभावमा कर सङ्कलनलगायत थुप्रै गाँठा फुकाउन समस्या परेको प्रसंग उल्लेख गरे । नेता पोखरेलले सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकारले पार्टीको घोषणापत्रअनुसार नै अघि बढ्ने धारणा राखे । ‘वृद्धभत्ता पाँच हजार पुग्छ,’ उनले भने ।

देश निर्माणको मिसनमा लागेको कार्यकर्ताले आफूलाई होइन विधिलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो । नेकपा नेता तथा प्रदेश सभासदस्य मुनु सिग्देलले हेटौंडालाई नै स्थायी राजधानी तोक्न पहल गरिदिन अनुरोध गरेकी थिइन् । जवाफमा नेता पोखरेलले राजधानीको विषय प्रदेशसभाको अधिकार भएको जवाफ दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।