ताजा अपडेट »

उर्जामा बजेट : वैकल्पिकलाई प्रोत्साहन, वितरणलाई प्रभावकारी बनाईँदै

मंगलबार, ०१ असार २०७८, १६ : ३०
4 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेशले उज्याले प्रदेश बनाउन शौर्यउर्जा उत्पादन गर्ने लाई प्रोत्साहन दिने भएको छ । यसको साथै राष्ट्रि बिद्युतमा नजोडिएका क्षेत्रमा बिद्युत सञ्चालन गर्नको लागि १ करोड बनियोजन गरिने भएको छ ।

साथै बिद्युतको बितरणलाई प्रभावकारी बनाउन पोल तथा ट्रान्सफर्मको लागि बिद्युत प्राधिकरण संगको समन्वयमा व्यवस्थान गर्नको लागि ७ करोड बिनयोजन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।