ताजा अपडेट »

आज लुम्बिनीमा ३८ अर्ब हाराहारीमा बजेट आउँदै

मंगलबार, ०१ असार २०७८, ०९ : १९


बुटवल ।लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेट ल्याउँदै छ । आइतबार नीति तथा कार्यक्रम पास गरेको प्रदेश सरकारले आज तीन बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य राख्ने छन ।

कोरोना नियन्त्रण र थलो परेको अर्थतन्त्रलाई उकास्ने गरी ल्याउन लागेको बजेटको आकार गत वर्षको भन्दा बृद्धि गरी सार्वजनिक गर्ने तयारीमा प्रदेश सरकार रहेको छ । करिब ३८ अर्ब हाराहारीमा बजेट ल्याउँने तयारीमा प्रदेश सरकार रहेको छ । असार १ गते संबैधानिक रुपमा बजेट ल्याउनुपर्ने ब्यवस्था छ । प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखेरेलले पेश गरेका थिए ।

आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइन लागेको प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर गौतमले जानकारी दिए । उनले करिब ३८ अर्वमा केही थपघट हुनसक्ने गरी बजेट आउन सक्ने संकेत गरे ।

चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो । रोजगार सिर्जना लक्षित कृषि कार्यक्रम र सञ्चालनमा रहेका परियोजनाहरुलाई पूर्णता दिने गरि बजेट आउने गौतमले बताए ।

डा गौतमले बजेटमा अघिल्ला बर्षहरुमा जस्तो नयाँ ठूला आयोजनाहरु समावेश नगरिएको पनि जानकारी दिए । सरकारले चालु आर्थिक बर्षको बजेट पनि स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर ल्याएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।