ताजा अपडेट »

गुल्मेली समाज जापानद्वारा गृह जिल्लामा १५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण

सोमबार, ३१ जेठ २०७८, १६ : ३१
2 Shares

गुल्मी । गुल्मेली समाज जापानले गृहजिल्लालाई कोभिड विरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । समाजले पहिलो चरणमा छुट भएका पालिकाहरु माग भई आएका अन्य स्वास्थ्य संस्थाहरुलाई दोस्रो चरणमा सामग्री पठाएको हो । गुल्मीको ईस्मा गाउँपालिकालाई २ लाख मूल्य बरावरको अक्सिजन कन्सन्स्ट्रेटर मेशिन, मदाने गाउँपालिकालाई अक्सिमिटर ५ थान, पिपिई किट १२ थान, ग्लोव्स ५०० थान, सेनिटाईजर २५ लिटर र मास्क ५ सय थान पठाएको छ ।

समाजले जिल्लाको धुर्कोट गाउँपालिकालाई अक्सिमिटर ५ थान, पिपिई किट १० थान, ग्लोव्स ५ सय थान, सेनिटाईजर २५ लिटर र मास्क ५ सय थान पठाएको छ । सोही मात्रामा मुसिकोट नगरपालिका-१ को पौदीअमराई स्वास्थ्य चौकीलाई सामग्री उपलब्ध गराइएको छ भने थप सोडियम हाईकोर्ड १० थान पठाएको छ । पहिलो चरणमा केहि दिन अघि रेसुङ्गा नगरपालिकामा अवस्थित गुल्मी अस्पतालसहित मुसिकोट नगरपालिका–३, चन्द्रकोट गाउँपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र मालिका गाउँपालिकालाई करिब ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाई सकेको छ । यो सहित समाजले करिव १५ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियानलाई सफल पार्न गुल्मेली समाज जापनले सहयोग संकलनमा अगुवाई गरेकोमा संस्थाका सबै पदाधिकारी तथा सदस्यहरुलाई महासंघका अध्यक्ष तथा अक्सिजन अभियान मूल समितिका संयोजक टोपलाल अर्यालले धन्यवाद दिए । त्यस्तै गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीले सहयोगदाता सबैलाई धन्यवाद दिदै विदेशमा रहेर पनि कोभिडको संकटमा परेका जिल्लावासीलाई सहयोग गर्न पाएकोमा सन्तोष लागेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।