ताजा अपडेट »

नेपाल-भारत मैत्री संघ बेलहियाद्वारा ६० घर-परिवारलाई राहत

सोमबार, ३१ जेठ २०७८, १६ : ०५
18 Shares

बुटवल । नेपाल भारत मैत्री संघ बेलहिया उप-शाखा, रुपन्देहीले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोभिड माहामारीको नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६० जना विपन्न तथा मजदुरहरुको परिवारलाई खाद्यान्न वितरण गरिएको संघको कार्यालयले जनाएको छ ।

नेपाल भारत सीमाक्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवारलाई दैनिकी चलाउन समस्या परेको खबर थाहापाएपछि केहि दिनको राहत सामग्री वितरण गरिएको उप-शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिए । खाध्यान्न वितरण कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमाल, संघका धकधई उप-शाखाका अध्यक्ष बेचन कान्दु तथा उप-शाखाका सल्लाकार सुरेन्द्र क्षेत्रीको उपस्थिती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।