ताजा अपडेट »

चौधरी फाउण्डेसनद्वारा लुम्बिनीका ५ स्वास्थ्य संस्थालाई १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

सोमबार, ३१ जेठ २०७८, १४ : २३
6 Shares

बुटवल । नेपालको चिरपरिचित कम्पनी चौधरी फाउण्डेसन अर्थात सीजीले आफ्नो लुम्बिनी प्रादेशिक कार्यालय स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोभिड–१९ महामारीका बिरामीको उपचारका लागि चौधरी गु्रपले यस वर्ष मुलुकभरका १७ वटा स्वास्थ्य संस्थ्यालाई जनही २ वटाका दरले ३४ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न शुरु गरेको प्रादेशिक कार्यालयका प्रमुख देवराज ढुगांनाले बताए ।

प्रति मिनेट १० लिटर ग्यास उत्पादन गरि सप्लाई दिने अक्सिजन कन्सन्ट्रेटर सोमवार नवलपरासीको वर्दघाटमा संचालित चिसापानी अस्पताल र गुल्मीको जिल्ला अस्पताललाई २/२ थान लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीमार्फत हस्तान्त्ररण गरिएको हो । चौधरी फाउण्डेसनले पाल्पाको रैनादेवी र रिब्दिकोट गाउँपालिकामा संचालित स्वास्थ्य चौकी र बर्दियाको बाँसगढी स्वास्थ्य चौकीलाई पनि २/२ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको प्रादेशिक प्रमुख ढुगांनाले बताए ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. पवन अग्रहरी र गुल्मी अस्पतालका प्रतिनिधी सुदन जिसीलाई सोमवार एक समारोहका बीच उक्त सामान हस्तान्त्ररण गरे । यो अक्सिजन कन्सन्ट्रेटर अक्सिजन अभाव हुने ठाउँहरु र अक्सिजन दिनुपर्ने विरामीलाई तत्काल सहज रुपमा प्रदान गर्ने गरि प्रदेशका ग्रामीण भेगका लागि बढी उपयोगी हुने चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. पवन अग्रहरीले बताए ।

कोभिडका बिरामीहरुलाई तत्काल अक्सिजन दिनु परेको अवस्थामा अक्सिजन कन्सन्ट्रेटर निकै उपयोगी यन्त्रका रुपमा स्थापित भएको छ । आफै अक्सिजन उत्पादन गर्ने र एकै पटक ५ जना सम्मलाई अक्सिजन दिन मिल्ने भएकाले पनि निकै भरपर्दो यन्त्र र सहज रुपमा प्रयोग गर्न सकिन स्वास्थ्य उपकरणका रुपमा अक्सिजन कन्सन्ट्रेटरलाई लिने गरिएको चिकित्सकहरुले बताउने गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।